Rule 77
कबुलियती वनमा गर्न नहुने कार्य
कबुलियती वनमा ऐन तथा यस नियमावली बमोजिम, निषेधित कार्यको अतिरिक्त देहाय बमोजिमका कुनै कार्य गर्न वा गराउन पाइने छैन:-

(क) : कबुलियती वनले चर्चेको जग्गा बिक्री गर्न, धितो राख्न वा कुनै किसिमले स्वामित्व वा हक हस्तान्तरण गर्न,

(ख)- कबुलियती वनमा स्वीकृत कार्ययोजना विपरीत अतिक्रमण गर्न, घरछ्ाप्रो बनाउन वा खेती गर्न,

(ग) स्वीकृत कार्ययोजनाले गर्न हुने भनी तोके बाहेकका अन्य कार्य गर्न वा गराउन।